Advance Search

Terms and Condition

  1.                           सावधानीका लागि अनुरोध !!! 

सुगमबजार डट् कम आफैले कुनै प्रकारको वस्तु बेच्ने उद्देश्य राखेको छैन । यस अनलाईन बजारले वैधानिक सम्पति वा वस्तुहरुको बेचबिखन, सट्टापट्टा, व्यापार प्रवर्द्धन जस्ता कारोबारहरुका प्रस्तावहरु (विज्ञापनहरु), त्यस्तै गरी सेवा सीप तथा श्रमदाताहरुको सेवा जन्य ईच्छाका प्रस्तावहरु प्रकट गर्ने मञ्च प्रदान गर्दछ। गैर-कानुनी, झुठो वा गलत मनसायका सूचना तथा विज्ञापनहरु पोस्ट नगर्नु हुन तथा यो मञ्चलाई दुरुपयोग नगर्न- नगराउन सबैमा हार्दिक अपिल गर्दछौं।  तथापि यस सुगम बजार डट् कम् (विज्ञापन एजेन्सी / अनलाईन बजार) मा प्रस्ताव वा प्रकट भएका सूचना, सन्देश तथा विज्ञापनहरु प्रति चासो तथा कारोबार चाहना राख्नेहरुले ती सूचना सूत्रहरुमा प्राप्त दूरसंचारका सम्पर्क माध्यमबाट नै ती विषयका बारेमा सचेततापूर्वक आवश्यक जानकारी प्राप्त गरेर विश्वासनीयताको अाधार महसुस भएपछि मात्र सुरक्षित स्थलमा भेट-वार्ता, बुझ-बुझार्थ, तौल-अाकार मापन, मूल्य तथा गुणस्तर जस्ता बिषयमा पूर्ण सन्तुष्ट  भएपछि पनि तत् सम्बन्धि कानुनि रुपमा  कारोवार ईजाजत लिनुपर्ने निकायबाट जारी भएको परिचय खुल्ने प्रमाणहरु हेरेर अाधिकारिकता प्रति समेत सन्तुष्ट हुनु होला। करार अावश्यक हुने अवस्थामा करार गरेर मात्र कारोवार लेनदेन तथा सेवा प्रयोग गर्नु गराउनु होला। स्वामित्व हस्तान्तरण तथा सेवा ग्रहण गर्दा  अाधिकारिक विल, भरपाई, रसिद, तमसुक, बैना कागज, करार, सर्तनामा अादिको अाधारमा मात्र सकेसम्म एकाउण्ट पेई चेक मार्फत भुक्तानि प्रारम्भ वा चुक्ता गर्नु होला। बेईमानी, ठगी, जालसाजी, जस्ता असावधानीका कारणबाट उत्पन्न हुनसक्ने जोखिमका सम्भावनाहरुबाट सधै सतर्क रहन हामी पुनः अपिल गर्दछौं। 

सर्त: कानुनि तथा सामाजिक मान्यता बिपरित कुनै प्रस्तावहरु यस साईटमा सुचिकृत गर्ने छैन र यस साईटमा प्राप्त सुचनाहरुमा उल्लेख रहेका विषय प्रति माथि उल्लेख भएका सावधानि अपनाएर मात्र  तथा सेवा प्रयोग तथा खरीदारी गर्नेछु। यी सर्त मन्जुर गरेर मात्र यो साईटको व्यवहारीक प्रयोग गर्नेछु र सो रोवार तथा व्यवहारको सम्पूर्ण जिम्मेवार म "प्रयोगकर्ता" आफैमा रहने छ।    

© Copyrights 2018, Sugambazar.com । All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.