Advance Search

Safety and Security:

                               सावधानीका लागि अनुरोध !!! 

सुगमबजार डट् कम आफैले कुनै प्रकारको वस्तु बेच्ने उद्देश्य राखेको छैन । यस अनलाईन बजारले वैधानिक सम्पति वा वस्तुहरुको बेचबिखन, सट्टापट्टा, व्यापार प्रवर्द्धन जस्ता कारोबारहरुका प्रस्तावहरु (विज्ञापनहरु), त्यस्तै गरी सेवा सीप तथा श्रमदाताहरुको सेवा जन्य ईच्छाका प्रस्तावहरु प्रकट गर्ने मञ्च मात्र प्रदान गर्दछ।

गैर-कानूनी, झुठो वा गलत मनसायका सूचना, विज्ञापन तथा प्रस्तावहरु पोस्ट नगर्नु हुन तथा यो मञ्चलाई दुरुपयोग नगर्न-नगराउन सबैमा हार्दिक अपिल गर्दछौं। तथापि यस सुगम बजार डट् कम् (विज्ञापन एजेन्सी / अनलाईन बजार) मा प्रस्ताव वा प्रकट भएका सूचना, सन्देश तथा विज्ञापनहरु प्रति चासो तथा कारोबार चाहना राख्नेहरुले ती सूचना सूत्रहरुमा प्राप्त दूरसंचारका सम्पर्क माध्यमबाट नै ती विषयका बारेमा सचेततापूर्वक आवश्यक जानकारी प्राप्त गरेर विश्वासनीयताको आधार महसुस भएपछि मात्र आधिकारीक कार्यकक्ष वा खुल्ला तथा सुरक्षित स्थलमा भेट-वार्ता, बुझ-बुझार्थ, तौल-आकार मापन, मूल्य तथा गुणस्तर जस्ता बिषयमा पूर्ण सन्तुष्ट  भएपछि पनि तत् सम्बन्धि कानुनि रुपमा  कारोवार ईजाजत लिनुपर्ने निकायबाट जारी भएको परिचय खुल्ने प्रमाणहरु हेरेर आधिकारिकता प्रति समेत सन्तुष्ट हुनु होला। स्वामित्व हस्तान्तरण तथा सेवा लेनलेन गर्दा  आधिकारिक विल, भरपाई, रसिद, तमसुक, बैना कागज, करार, सर्तनामा आदिको आधारमा मात्र सकेसम्म एकाउण्ट पेई चेक मार्फत भुक्तानिको निस्सा रहने गरी भुक्तानि प्रारम्भ वा चुक्ता गर्नु होला।  बेईमानी, ठगी, जालसाजी, जस्ता असावधानीका कारणबाट उत्पन्न हुनसक्ने जोखिमका सम्भावनाहरुबाट सधै आफै सतर्क रहन हामी पुनः अपिल गर्दछौं। यस्तो कारणबाट हुनसक्ने दुर्घटनाको जिम्मेवारी विज्ञापनको श्रोत व्याक्ति वा  उपभोक्त्ता स्वयमले लिनु पर्ने छ। त्यसको जिम्मेवारी यस एजेन्सीले लिने छैन।

सर्त: मबाट मुलुकको प्रचलित कानूनि तथा सामाजिक मान्यता बिपरित विज्ञापन तथा प्रस्तावहरु वा अन्य कुनैपनि विषय यस साईटमा सूचिकृत गर्ने छैन र यस साईटमा प्राप्त सूचनाहरुमा उल्लेख रहेका विषय प्रति माथि उल्लेख भएका सावधानि अपनाएर मात्र वस्तु खरिब बिक्री तथा सेवाको उपयोग गर्नेछु। यी सर्तहरू मन्जुर गरेर मात्र यो साईट प्रयोग गरेकोछु। मेरो एकाउणटको माध्यमबाट  पोस्ट भएका सुचना, प्रस्ताव लगाएतका सामग्रिहरुको सम्पूर्ण जिम्मेवारी म "प्रयोगकर्ता" आफैले लिनेछु। यस विज्ञापन एजेन्सीको साईटमा प्राप्त जानकारी तथा सम्पर्क सुत्र प्रयोग गरेर हामी आपसमा भए गरेका कुनै पनि कारोवार वा सेवा उपयोग तथा भुक्तानी सम्बन्धमा सुगमबजार डट् कमको कुनै दाईत्व मानिने छैन।

© Copyrights 2019, Sugambazar.com । All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.