Advance Search

How to Post Ads.

 

विज्ञपनदाता एवं वेबसाईट प्रयोगकर्तामा जानकारी, शर्त तथा अनुरोध:

         विज्ञापन नियमन गर्ने ऐन, सूचना प्रविधि ऐन कानून लगायत प्रचलित अन्य ऐन कानून समेत उलङ्घन हुनेगरी कुनैपनि प्रकारका विज्ञापन, सूचना तथा प्रस्ताव सामग्रीहरु पोष्ट नगर्न सबैमा अनुरोधका साथ सचेत गर्दछौं। सहि या झुठो नाम ठेगाना वा विवरणबाट एकाउण्ट खोलेर  कानूनमा निषेध गरिएका कुनैपनि विषय यस वेभ स्पेसमा उल्लेख गरेर कानूनी सिमा तथा सामाजिक मान्यता उलङघन गर्ने प्रयोगकर्तालाई आईपि एड्रेस समेतबाट खोजी गरेर प्रचलित कानून अनुसार कारवाही हुने हुनाले त्यस्तो नगर्न सबैमा जानकारी सहित सचेेत गराउँछौं। आफ्नो आईपि एड्रेस तथा पासवर्डहरु सुरक्षित राख्नुहोला, त्यसको सदुपयोग वा दुरुपयोग प्रति तपाईं आफै पूर्ण जिम्मेवार हुनु पर्नेछ। 

          निजी विषयका विज्ञापन, सूचना तथा प्रस्ताव सूचिकृत गर्दा उक्त विषयमा प्रस्तावको स्वामित्व, अधिकार एवं लेनदेन, बेचविखन कार्यको सहमति वा अनुमति निहित रहेको हुनु पर्नेछ। कुनैपनि सूचिकृत सामग्री भ्रम रहित हुनु पर्ने छ तथा अर्काको विषयसँग तुलना गरिएको हुनु हुँदैन भनि ऐन कानूनमा तोकिएका कुनैपनि कानूनी परिधिहरू उलङ्घन हुनु हुदैन।कानूनी तथा सामाजिक मान्यता बिपरित कुनै विज्ञापन, प्रस्तावहरु वा सूचनाहरू यस साईटमा सूचिकृत गर्न पाईनेछैन र यस साईटमा प्राप्त सुचनाहरुमा उल्लेख रहेका विषय प्रति तल उल्लेख रहेका सावधानि अपनाएर मात्र वस्तु तथा  सेवा लेनदेन गर्नु पर्नेछ। साईटमा उल्लेख रहेको प्रयोगका शर्तहरु / Terms & Conditions मन्जुर गरेर मात्र यो साईट प्रयोग गर्नु पर्नेछ। आफु वा आफ्नो तर्फबाट पोष्ट गरिएको र साईटमा प्राप्त हुने विज्ञापन, सूचना तथा प्रस्तावहरुको जिम्मेवारी  लगायत साईट प्रयोगबारे सम्पूर्ण जिम्मेवारी प्रयोगकर्ता आफैले लिनु पर्नेछ। आफ्ना तर्फबाट पोष्ट भएका विषयहरुका बारेमा फोन, एसएमएस, ईमेल, भिडियो कल जस्ता कुनै माध्यमबाट हुने सम्पर्क वा पठाईएका सरोकार सामग्रीहरु प्राप्त गर्न विज्ञापनदाता वा प्रयोगकर्ताको मन्जुरी रहेको मानिने छ।      

सेवा तथा बस्तुको बिज्ञापनको निमित्त  सुगम बजार मार्फत  निशुल्क वा सशुल्क बिज्ञापन सामग्री पोष्ट गर्न सक्नु हुनेछ।
1) ईन्टरनेट ब्राउजरमा sugambazar.com सर्च गर्नुहोस्।
2) साईटमा भएको एकाउन्ट दर्तामा क्लिक गर्नुहोस, फेसबुक वा ईमेल बाट साईनअप गर्ने कुनै एक विधि छनोट गर्नुहोस्।
3) लग ईन रहेको आफ्नो फेसबुकको  माध्यमबाट साईन अप (दर्ता) गर्नुहोस् सम्पर्क नंबर छुटेको भए अवश्य भर्नुहोस् वा मेल आईडिको अप्सनबाट आवश्यक विवरण भरेर निशुल्क दर्ता गर्नुहोस्। एकाउन्ट प्रमाणिकरणका निमित्त तपाईलाई पठाईएको मेल (कहिले काँहि स्पाम बक्समा पनि जान सक्छ) अनुसरण गर्नुहोस् वा एडमिनबाट एकाउण्ट स्विकृत हुने हुनाले केहि समय प्रतिक्षा गर्नुहोस्।
4) आफ्नो ईमेल वा फेसबुकबाट दर्ता भएको एकाउन्ट एप्रुभ पछि पुन: लग इन  हुन फेसबुक वा यसैमा प्रयोग गरीएको यूजर नेम र पासवर्ड प्रयोग गरि  लगईन हुनुहोस्।
5)
लग ईन पछि बिज्ञापन राख्ने बारमा क्लिक गरेर आफ्नो बिज्ञापनको  आवश्यक विवरण भर्नुहोस्।
6) स-शुल्क हुने बिज्ञापन पोष्ट गर्दा शुल्क सूचिमा रहेको कुनै प्लान प्रयोग गर्नुहोला, पोष्ट एप्रुभका निमित्त केहि  समय प्रतिक्षा गर्नुहोला। पोष्ट एप्रुभ हुनु पूर्व वा लगतै शुल्क भुक्तानी गर्नुहोला।
7) आफ्ना बिज्ञापनहरु आफै पोष्ट गर्न सकिन्छ, केहि कठिनाई भएमा हामीसँग सम्पर्क गर्नुहोस् र कार्यादेश दिनुहोस सम्बन्धित काममा हामी सहजिकरण गरिदिनेछाै‌‌।
गोपनियता :
1) यस एजेन्सीको वेवसाईटमा कुनै प्रकारले आफ्नो नाम ठेगाना, सम्पर्क सुत्रहरु लगायतका उल्लेख गर्नु भएका विवरणहरु  गोप्य रहने छन्
भाषा तथा शुद्धता:
१) नेपाली तथा अंग्रेजी भाषा प्रयोग गर्न सकिन्छ। दुबै भाषामा दखल नभएको खण्डमा मात्र रोमन लेखन् पनि प्रयोग गर्न सकिन्छ।
२) सकेसम्म लेखनलाई शुद्धता पूर्वक लेख्ने प्रयत्न गर्नु पर्नेछ। यो सबैको नैतिक जिम्मेवारी हो, तर शुद्धतामा त्रुटि हुने हिचकिचाहटले प्रकट गर्ने कार्यबाट बन्चित हुनु भन्दा यस्लाई सामान्य सम्पर्क माध्यमको रुपमा लिई आफ्ना सरोकारका विषय सरलता पूर्वक उल्लेख गर्न र पढन सबैमा अनुरोध गरिन्छ।
यूजरहरूका निमित्त निम्न सुविधाहरू उपलब्ध छन्।
  विज्ञापन राख्न वा संपादन गर्न र मेटाउन मिल्ने ।
विज्ञापनको ट्राफिक तथा भ्यूजहरू देखिने।
यूजर, सम्पर्क सूत्र र विज्ञापनको स्वामित्व प्रमाणीत गर्न मिल्ने।
विज्ञापनका वारेमा थप जानकारी आदान प्रदान गर्न मिल्ने।
सामान्य विज्ञपन नि:शुल्क पोस्ट गर्न मिल्ने।
सम्पर्क:
अफिस समय
:
056-572177 
मोबाईल
:
9825057444
बैकल्पिक
:
9855057444
मेल
:
info@sugambazar.com
मेल 
:
sugambazar@gmail.com
फेसबुक पेज
:

Youtube link:

© Copyrights 2022, Sugambazar.com । All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.