Advance Search

About :

 
विज्ञापन अनी सूचना सबै यसैमा नै अटाउछ,
जस्ले जहिले जे खोज्दछ  यसै भित्र भेटाउछ।
1 यस विज्ञापन ऐजेन्सिको उदेश्य के हो ?
  यो एक विज्ञापन एजेन्सि हो, यसले डिजिटल मार्केटिङको काम गर्दछ।सरल अर्थमा बुझ्नकालागि यसलाई स्मार्ट डाइरेक्ट्री अथवा डिजिटल डाइरेक्ट्रीको रूपमा पनि लिन सकिन्छ। जनस्तरमा रहेका विविध आपूर्तिका प्रस्ताव तथा आवश्यकताका सुचना एवं संदेशहरुलाई ईन्टरनेको माध्यमबाट सबै पक्षमा सहज ढंगले पुग्न सक्ने तुल्याई आमजनमानसमा बजारको सुगमता प्रदान गराउने हाम्रो प्रमुख उदेश्य रहेको छ। यस साइटमा सूचिकृत रहेका सामग्रिहरु ईन्टरने‍टको माध्यमबाट www.sugambazar.com वेबसाईटमा प्राप्त हुनेछन्। हाम्रा असिमित आवश्यकता तथा आपूर्तिका सूचनाहरुको सुगम तथा प्रभावकारी संवाहक हुनेछ भन्ने उदेश्यका साथ यो व्यवसायिक फर्म सेवा उद्योग अन्तर्गत दर्ता भएको छ।
2 ऐजेन्सिको नाम सुगम बजार राख्नु र सेवाको प्रकार एकीकृत अनलाईन बजार रहनुको आधार के के होला ?
  स्वदेशमै दर्ता रहेको यस विज्ञापन एजेन्सिको अनलाईन स्पेसमा आफ्ना विज्ञापन तथा प्रस्तावहरू आफैले सूचिकृत गर्ने सकिने र अर्कोतर्फ यस्मा सूचिकृत प्रस्तावहरु सवैले सुगम तवरले "जहिले पनि जहाँ पनि"  भेट्न र उपयोग गर्न मिल्ने हुनाले यस प्रयासलाई सुगमबजार नामाकरण गरिएको हो। जसरी समाचारहरूको एकीकृत समाचार कायाकैरनको परिकल्पना भयो, त्यसैगरी यो ऐजेन्सि पनि विभिन्न फाँटका वर्गिकृत विज्ञापन तथा विविध सूचनाहरूलाई यस एकीकृत ढाँचाको अनलाईन माध्यममा समेट्ने परिकल्पनामा आधारित छ।
3 के यो विधि समय सान्दर्भिक होला ?
  वर्तमान समयमा एकातर्फ सञ्जालबाट प्राप्त हुने सूचनाहरू उपयोगी हुनुका कारण त्यसमा व्यस्त रहने हाम्रो जीवन शैली बनेको छ। अर्कोतर्फ सूचनाबाट सूचित हुने क्रममा उत्पादक समय सञ्जालमा अधिक मात्रामा खर्च हुने यथार्थ पनि हाम्रो निमित्त प्रत्युत्पादक भैरहेको छ। सँधै सबै प्रकारका सूचना र सँगै प्राप्त हुने मनोरञ्जन समेतमा घेरिएर त्यतै व्यस्त भइरहनु भन्दा आवश्यक समयमा आवश्यक सूचना भेटिने विधिको उपयोग गर्नु समय व्यवस्थापनमा सान्दर्भिक एवं प्रभावकारी उपाय हुनेछ। 
4 यसबाट हामी कसरी लाभान्वित हुन सकिन्छ ?
  यस विज्ञापन एजेन्सीको वेव साईटमा प्रचलित कानून अनुसार वैध रहेका विविध प्रकारका सम्पत्ति, वस्तु तथा सेवाका वर्गिकृत विज्ञापन सामग्रीहरू प्रवाह गर्न सकिने र आवश्यक वस्तु तथा सेवाहरू सजिलै खोज्न सकिने हुनाले प्रयोगकर्ताका दैनिकी तथा कारोवारमा यसले सुगमता प्रदान गर्दछ। यसका साथै पत्रु व्यवस्थापन (Weast Mansgment) गर्न तथा पर्यावरण बचाउन पनि यस साधन उपयोगी हुनेछ।
5 यस साईटमा कुनकुन फाँटका सूचनाहरू समेटिएका छन् ?
  यस विज्ञापन एजेन्सीको लक्ष्य अनुरूप यस वेबसाइटमा व्यवसाय, व्यवसायिक बस्तु, रियलस्टेट, पर्यटन, यातायात, उद्योग, चिकित्सा, वित्तिय क्षेत्र तथा कृषि जस्ता विविध फाँटका व्यवसायिक प्रवर्द्धनात्मक विज्ञापन, पेशागत प्रतिष्ठान, पेशा-सेवा एवं रोजगारी सम्बन्धी सूचना तथा सार्वजनिक सरोकारका सम्पर्क सूत्र लगायतका विविध जानकारीहरू समावेश गरिनेछ।
6 साइट हेर्न पोस्ट गर्न नजान्नेले किन्न बेच्न र खोज्न के गर्नु पर्ला ?
  सुगमबजार डटकम को सम्पर्क नम्बर; 056596692, वा 9825057444 मा सम्पर्क गर्नुहोस।
7 के के गर्दा पैसा लाग्छ र के के गर्दा पैसा लाग्दैन ?
  साईट अवलोकन गर्दा पैसा लाग्ने कुरै भएन बिज्ञापन पोस्ट गर्दा यस साईटमा रहेको शुल्क सूचिमा निशुल्क भनि तोकिए बाहेक अन्यमा सूचि अनुसार शुल्क लाग्ने छ। परीक्षण अवधिमा सेवा निसूल्क गरीएको छ।
8 बिज्ञापन पोस्ट कसरि र कस्ले गर्ने ?
  प्रयोगकर्ताले प्रचलित कानूनको पालना गर्नु पहिलो कर्तव्य हुनेछ, तेस्तै गरी यस एजेन्सिको वेवसाईटमा रहेको सुरक्षा एवं सावधानी तथा प्रयोगका शर्तहरु पढेर सो शर्त समेतमा मन्जुरी भएमा आफ्ना प्रस्तावहरु एवं बिज्ञापनहरु आफै पोस्ट गर्न सकिन्छ साथै विज्ञापन दाता र एजेन्सिको बिचमा सम्झौता भएमा वा विज्ञापन दाताले एजेन्सिलाई अनुमति वा कार्यादेश प्रदान गरेमा सम्बन्धित कार्य यस एजेन्सिले गर्ने छ।
9 यूजरका सुविधाहरू
  1)  यूजर आफैले विज्ञापन राख्न संपादन गर्न र हटाउन मिल्ने ।
2)  विज्ञापनको ट्राफिक तथा भ्यूजहरूको गणना देखिने।
3)  यूजर, सम्पर्क सूत्र तथा विज्ञापनको स्वामित्व प्रमाणीत हुने।
4)  विज्ञापनका वारेमा थप जानकारी आदान प्रदान गर्न मिल्ने।
5)  विषेश विषय तथा सामान्य विज्ञपन नि:शुल्क पोस्ट गर्न मिल्ने।
10 अनुरोध 
  हामीले सञ्चालनमा ल्याएको यस sugambazar.com एकीकृत अनलाइन बजारमा आफुलाई आवश्यक वस्तु, सेवा तथा सूचना खोज्ने एवं आफ्ना सूचन सन्देशहरू सूचिकृत गर्ने र्कायका साथै यस ऐजेन्सिको फेसबुक पेज sugambazar.com पनि प्रयोग गर्न गराउन सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दैछौँ।
11 कार्यक्षेत्र
  प्रारम्भिक समयमा हामिले चितवनलाई कार्यक्षेत्र मानेत सेवालाई प्रभावकारी बनउने प्रयत्न गरीएको छ। यस साईटमा पालिका तथा जिल्लास्तरिय विज्ञापन, सूचना तथा सन्देशहरू सूचिकृत हुने गर्दछ। एक जिल्लाको अभ्यासले सफलता प्राप्त गरे श्चायत अन्य जिल्लाहरूमा समेत  सेवा विस्तार गर्ने लक्ष रहेको छ।
12 अपेक्षा
 
आउनुहोस, सबै मिलेर एक यस्तो भर्चुअल साधन बनाऊँ जहाँ हाम्रा विज्ञपन सामग्री प्रवाह गर्न र आवश्यक विषयका सूचनाहरू प्राप्त गर्न सुगमता मिलोस।
घर घरमा गुणस्तरीय ईन्टरनेट भन्ने राज्यको महत्वकाँक्षापूर्ण असल नीति अनुरुप ईन्टरनेट सेवाको बिस्तार यश फाँटको प्रमुख साधन हुनेछ भने हाम्रा यस्ता अभ्यासहरु हाल पूरक साधन तथा भविष्यमा अत्यावश्यक साधन हुनेछन् भन्ने हेतुले हामिले " किन्नबेच्न र खोज्न विकल्प हजार अब प्रयोग गर्न थाल्नुहोस सुगम बजार " तथा " हामी तपाईका कारोवार अझै सुगम बनाउछौं" जस्ता श्लोगन सहित यहाँहरुलाई यस विषयका बारेमा सु-सूचित गराउदै छौं ।हामीबाट  ब्यक्तिगत  रुपमा कसैबाट  प्रस्तावित बिषय  वस्तु प्रसंग वा मूल्यलाई कुनै थप घट गर्ने गराउने कारोबारीको रूपमा मध्यस्तता नगरीकन जनस्तरका सूचनासंदेश एवं प्रस्तावका सामग्रिहरु वर्गिकृत ढाँचामा ईन्टरनेटको माध्यमबाट सुगमता पूर्वक जनस्तरमा पुग्नसक्ने विधिको प्रयोग गर्दै विज्ञापन फाँटलाई अझै मर्यादित एवं प्रभावकारी र बनाउन गरिएको यस विज्ञापन ऐजेन्सिको एउटा पृथक प्रयासलाई सबैबाट समर्थन, सुझाव एवं सहयोग प्राप्त हुनेछ भन्ने अपेक्षा राखेका छौं।          धन्यवाद।                                                                                                तमसोमा ज्योतिर्गमय ॥
 

© Copyrights 2022, Sugambazar.com । All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.