Latest News


Feb 07, 2017

समाचारमा सुगमबजार

दिपेन्द्र अधिकारी 

भरतपुर । पराल चाहियो ? की इनार खन्ने जनशक्ति चाहियो ? की जग्गा खरिद बिक्री गर्न चाहानुहुन्छ । अब तपाइँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने एक क्लिकबाटै सबै समस्या समाधान हुन्छ । जसका लागि तपाइँले सुगम बजार डट कम लग अन गर्नुपर्ने हुन्छ ।
सुगम बजार डट कम एउटा विज्ञापन एजेन्सी हो । घर जग्गालगायतका सम्पति तथा प्रचलित कानुन अनुसार वैध रहेका नियमित खरिद बिक्रीका वस्तुहरु खरिद बिक्री गर्न, भाडामा लिन दिन, पुराना विविध वस्तुको सट्टापट्टा गर्न सकिने यसका सञ्चालक शिवराज गिरीले बताए । समयको बचत, शक्ति संचय र अनावश्यक झन्झटबाट मुक्त भई घरमै बसेर यो सेवा लिन सकिने उनले बताए ।
उद्योग तथा कलकारखाना, एम्बुलेन्स, सुरक्षा सम्पर्क, जिल्लाका सरकारी कार्यालय, अस्पताल, सवारीसाधन खरिदबिक्री, बैंक तथा बिमा, घाँस, पराल, माछामासु, गाई, बोका, मल तथा दूधलगायतका थुप्रै आवश्यकता अब घरै बसीबसी नेटको सहायताबाट प्राप्त गर्न सकिने भएको छ ।
यस साइटमा विज्ञापन पोस्ट गर्दा निःशुल्क भनी तोकिएको सेवा वा अवधि बाहेक अन्य विज्ञापन पोस्ट गर्दा देखिने सूचि अनुसार शुल्क लाग्ने छ । हाल परीक्षण अवधिभर सबै सेवा निशुल्क रहेको उनले जानकारी दिए । कसैले चाहेमा आफ्ना प्रस्ताव एवम् विज्ञापनहरु आफै पोस्ट गर्न पनि सकिन्छ ।
ग्रामीण क्षेत्र सहर तथा बजारमा छरिएर रहेका सीप, सेवा, पेसा, अवसर, उद्यम, उद्योग, उत्पादन तथा विविध वस्तुहरुका परिचय र कारोबार जनस्तरमा पु¥याई बजारको सुगमता प्रदान गराउने लक्ष्य रहेको उनले बताए । इन्टरनेटको माध्यमबाट सहजै सूचना प्राप्त गर्दै आपसमा प्रत्यक्ष सम्पर्क स्थापित गरेर कारोबार सम्पन्न गर्न सकियोस् भन्ने हेतुले यो निजी क्षेत्रमा ‘सुगमबजार डट कम’ एक नयाँ परिकल्पना गरिएको हो । सोही अनुसार नेपाल सरकार वाणिज्य तथा उद्योग मन्त्रालय अन्तर्गत घरेलु तथा साना उद्योग कार्यालय चितवनमा सेवा उद्योगअन्तर्गत व्यवसायिक फर्म दर्ता भएको समेत उनले बताए ।
विशेषगरी कृषि, रोजगारी, आकस्मिक सेवा तथा पुन प्रयोगिय वस्तु जस्ता विषयहरुमा निःशुल्क सेवा प्रदान गरिने उनले बताए । कम्प्युटर तथा मोबाइलमा नेपाली तथा अंग्रेजी दुबै भाषामा अवलोकन गर्न सकिने उनले बताए । यसबाट आम उपभोक्ताको समय, पैसा, इन्धनको बचत हुने, कागजी प्रयोगमा कमी आउने, पर्यावरणीय प्रदुषण घट्ने, सडक ट्राफिक घट्ने, राजस्व संकलनमा थप टेवा पुग्ने एवम् सूचनाहरु विश्वव्यापी हुने जस्ता अनेकौं लाभहरु प्राप्त हुने गिरीले बताए । प्रारम्भिक अवस्थामा चितवन जिल्लामा सेवा आरम्भ गरेर उपयोगिता, औचित्य एवम् सामथ्र्यका आधारमा अन्य जिल्लाहरुमा समेत सेवा विस्तार गर्ने तयारी गरिएको छ ।
इन्टरनेटको विकासले संसारलाई एउटो सानो गाउँमा मात्र सीमित गरेको छैन । मानिसलाई निकै सुविधा पनि दिइरहेको छ । केही समयअघिसम्म धनीको मात्र पहुँचमा रहने र धन भएकाले मात्र नेट सेवा लिने हुँदा यसका सेवा क्षेत्र पनि सीमित थियो । तर, अहिले इन्टरनेटको विकासले सामान्य मानिसको जीवनमा समेत प्रभाव पार्न थालेको छ ।