हाम्रा कुरा:

 http://sugambazar.com

१>  यस्को उदेश्य के हो ?

         यो एक विज्ञापन एजेन्सि हो,  यस्मा सूचिकृत रहेका सामग्रिहरु  ईन्टरने‍टको माध्यम बाट www.sugambazar.com  वेबसाईटमा प्राप्त हुनेछन्।

          याे व्यवसायिक फर्म घरेलु तथा साना उद्योग कार्यालय चितवनमा सेवा उद्योग अन्तर्गत  दर्ता भएको छ।

२>  यसबाट हामिले के हाँसिल गर्न वा लाभ लिन सकिन्छ ?

     घर जग्गा लगाएतका सम्पति तथा प्रचलित कानुन अनुसार बैध रहेका नियमित खरिद बिक्रिका बस्तुहरु खरिद बिक्रि गर्न, भाडामा लिन दिन, पुराना विविध बस्तुको सट्टा पट्टा गर्न त्यस्तै गरि सेवाजन्य सुचना समेतका वर्गिक्रित प्रस्तावहरु प्रकट गर्न तथा प्रस्तावित सम्पर्क सुत्रहरु प्रयोग गर्दै कारोवार सम्पन्न गर्न सहज हुनेछ।

३>  यो साइट हेर्न नजान्नेले  किन्न बेच्न र खोज्न के गर्नु पर्ला ?

       सुगम बजार डट कम को सम्पर्क नम्बर 056572177 वा 9802940888  मा सम्पर्क गर्नुहोस।

४> के के गर्दा पैसा लाग्छ र के के गर्दा पैसा लाग्दैन ?

       साईट अवलोकन गर्दा पैसा लाग्ने कुरै भएन बिज्ञापन पोस्ट गर्दा निसुल्क भनि तोकिएको सेवा वा अवधि बाहेक अन्य  बिज्ञापन पोस्ट गर्दा देखिने सुचि अनुसार शुल्क लाग्ने छ। हाल परिक्षण अवधिभर सबै सेवा निसुल्क रहेका छन्।

 बिज्ञापन पोस्ट कसरि र कस्ले गर्ने ?

    आफ्ना प्रस्ताव एवं बिज्ञापनहरु आफै पोस्ट गर्न पनि सकिन्छ, केहि कठिनाई भएमा हामि संग सम्पर्क गर्नुहोस, यस सम्बन्धि कार्यमा यहाँको पहुँच नभएको खण्डमा सम्बन्धित सबै काम हामि सम्पन्न गरिदिन्छौं।

लक्ष तथा कार्य दिशा के के होलान् ?

    ग्रामिण क्षेत्र सहर तथा बजारमा छरिएर रहेका बिक्री तथा भाडा प्रोयजनका सम्पति एवं बस्तुहरू त्यस्तै गरी सीप, सेवा, पेसा, अवसर, उद्यम, उद्योग, उत्पादन लगाएतका परिचय, कारोवार जन्य ईच्छा एवं बेरोजगार तथा रोजगार दाताहरुका सूचनागत प्रस्तावका तथ्याँकहरु निशुल्क वा सशुल्क संकलन गर्ने, अभिलेख राख्ने र त्यस्ता सूचना तथा प्रस्तावहरु अर्को पक्ष जस्ले खोज्न रुचि राख्दछ, उस्को पहुँच सम्म दुरुस्त जानकारी निशुल्क पुग्न सक्ने विधिको प्रयोग गरेर जनस्तरमा बजारको सुगमता प्रदान गराउने लगाएत सार्वजनिक सरोकारका सम्पर्क सुत्रहरु समेतमा सहजता प्रदान गराउने हाम्रो लक्ष रहेको छ। 

        हाम्रा कतिपय यस्ता आवस्यकताहरु हुन्छन् जस्को आपूर्तिका निमित्त कुनै निश्चित बजार रहदैन र कतिपय यस्तो अवस्था हुन्छ बिषय बस्तुको बारेमा ज्ञान रहन्छ तर सम्पर्क सुत्र हुदैन यस्तो परिस्थितिमा परमपरागत रुपमा वस्तु बेचबिखनका निमित्त सूचना प्रयोग गरे गराएकै भरमा सेवाग्राहीले मध्यस्तताको नाममा अप्रिय परिमाणमा रकमहरु खर्चनुपर्ने प्रचलन समेत लाई सुधार गर्न जरुरी ठान्दै सूचना दर्ता गर्दा मात्र न्यूनतम शुल्क खर्चिएर दर्ता गरिएका प्रस्तावका सूचनामा चासो राख्ने ब्यक्तिको पहुच पुगोस र बिषयका विवरण तथा सम्पर्क सुत्र समेत प्राप्त होस भन्ने हेतुले संकलित अभिलेखहरुलाई सुचना तथा प्रबिधिको प्रयोग गरेर सुगमबजार डट् कम नामक वेबसाइटमा सुचिकृत गर्ने वा प्रस्ताव कर्तालाई वेभसाइटमा सिधै सूचिकृत गर्ने मौका दिएर सरोकार राख्न खोज्ने सबै पक्षले ईन्टरनेटको माध्यमबाट सहजै सुचना प्राप्त गर्दै अापसमा प्रत्यक्ष सम्पर्क स्थापित गरेर कारोवार सम्पन्न गर्न सकियोस भन्ने हेतुले यो निजी क्षेत्रमा "सुगमबजार डट् कम" एक नयाँ परिकल्पना गरीएको हो। सोही अनुसार नेपाल सरकार वाणिज्य तथा उद्योग मन्त्रालय अन्तरगत घरेलु तथा साना उद्योग कार्यालय चितवनमा सेवा उद्योग अन्तर्गत याे व्यवसायिक फर्म दर्ता भएको छ। 

     यो बिषय झट्ट सुन्दा मध्यस्तकर्ता कै अावरण महसुस हुनेे भएता पनि यस सेवामा प्राप्त भएका सम्पत्ति, बस्तु वा सेवाका विवरण वा रकमका प्रस्तावहरुका बारेमा भने हाम्रो परामर्शको कुनै भुमिका रहने छैन, ब्याक्तिगतरुपमा सुचना सम्बाहकको कार्य गरिने छैन, त्यस्तै गरि कारोवार पश्च्यात कुनै कमिसनको अाशा राखिने छैन। यो सेवा अन्तरगत विविध विषयका शिर्षकहरु समावेश रहेका छन् भने विशेष गरी कृषि, अाकस्मिक सेवा, सार्वजनिक सरोकारका विषय तथा पुन प्रयोगिय बस्तु जस्ता विषयहरुमा निशुल्क सेवा प्रदान गरिने छ । अाम जनस्तरमा ई-कमर्स प्रति चासो, बडाउदै तेसको  सदुपयोग गर्दा हुने लाभका बारेमा जानकारी अभिबृद्धी गराउने लक्ष राखेर हाल सूचनाका सबै शिर्षकहरु निशुल्क गरिएको छ, र अहिले यो परिक्षणकै अवस्थामा रहेको छ, सेवाको वेभसाइट कम्प्युटर तथा मोबाईल संगत प्रबिधिमा एवं नेपाली तथा अंग्रेजी दुबै भाषामा अवलोकन गर्न सकिन्छ। यश सेवा अझै सहज, प्रभावकारी तथा उपयोगी बनाउदै लैजाने क्रममा हामी जुटिरहेकै छौं। 

      यस बाट अाम उपभोक्ताको समय, पैसा, ईन्धनकाे वचत हुने, प्लास्टिक फ्ल्याक्स तथा कागजी प्रयोगमा कमि अाउने, पर्यावरणीय प्रदुषण घट्ने, सडक ट्राफिक घट्ने, राजस्व संकलनमा थप टेवा पुग्ने एवं हाम्रा सुचना तथा सन्देशहरु पनि बिश्वब्यापी हुने जस्ता अनेकौं लाभहरु प्राप्त हुने छन् । हामिले हेक्का राखेकाछौं विशेष गरी ग्लाेबल सर्च इन्जिनको पहुँचमा नभएका जिल्लाब्यापि व्यवसायीक तथा गैर व्यवसायीक कृयाकलापहरुलाई प्राथामिकता दिनु पर्दछ। छिमेकी तथा बिदेशी मुलुकका अाम  जनताहरु सुचना प्रविधिको उच्चतम प्रयोगबाट अधिकतम लाभान्वित भैरहेको हामी समाचार पढिरहन्छौ तर हामी अनुशरणको सुरुवात गर्न मै बिलम्ब गरेका छौं भने अर्को तर्फ अन्तर्राष्ट्रिय बिषय बस्तुका सुचनाहरु निर्वाद तथा सहज रुपमा हाम्रो पहुँचमा पुग्न सक्ने तर हाम्रा स्थानिय बस्तु तथा सेवाका सुचनाहरु हाम्रै बिचमा कुईरोको काग बनेको विषयबाट हामिलाई खिन्नता बोध हुदै गर्दा "अन्धकारलाइ सराप्नु भन्दा एउटा बत्ती बाल्नु बेस"  भन्ने कुरा मनन गर्दै अार्थिक लाभप्रति अाशावादी मात्र रहेर जिल्लामा यस प्रकारको सेवा प्रारम्भ गरिएको विषय निवेदन गर्दछौं।

     अाफ्ना विज्ञापन तथा प्रस्तावहरू  यस अनलाईन बजारमा सूचिकृत गर्ने वा यस्मा सूचिकृत प्रस्तावहरु सवैले अाफ्नै कम्प्यूटर तथा मोबाईलमा सुगम तवरले  "जहिले पनि जाहाँ पनि"  भेट्न र उपयोग गर्न मिल्ने  हुनाले यस प्रयासलाई सुगमबजार नामाकरण गरिएको हो। हाम्रो सेवा फेसबुक पेजमार्फत पनि उपलब्ध रहेकोछ। sugambazar.com नामक पेज संग आवद्ध रहेर पनि वा प्रयोग गरेर लाभान्वित हुन हनुरोध गर्दछौ। 

      प्रारम्भिक अवस्थामा चितवन जिल्लामा सेवा अारम्भ गरेर उपयोगिता, अौचित्य एवं सामर्थ्यका अाधारमा अरु जिल्लाहरुमा समेत सेवा विस्तार गर्ने परिकल्पाना रहेको छ। घर घरमा गुणस्तरीय ईन्टरनेट भन्ने राज्यको असल महत्वकाँक्षापूर्ण नीति अनुरुपको ईन्टरनेट सेवाको बिस्तार यश फाँटको प्रमुख साधन हुनेछ भने हाम्रा यस्ता अभ्यासहरु हाल पूरक साधन तथा भविष्यमा अत्यावश्यक साधन हुनेछन् भन्ने हेतु ले हामिले : " किन्न, बेच्न र खोज्न विकल्प हजार अब प्रयोग गर्न थाल्नुहोस सुगम बजार " तथा " हामी तपाईका कारोवार अझै सुगम बनाउछौं " जस्ता श्लोगन सहित यहाँहरुलाई यस विषयका बारेमा सु-सूचित गराउदै छौं । 

       राष्ट्र र जनताबाट ईन्टरनेट शिर्षकमा गरिएको कुल खर्च र उत्पादकत्वको विश्लेषण गर्ने हो भने खर्चको ठूलो हिस्सा तथा संख्या अहिले पनि त्यति उत्पादन सहाएकको रुपमा भन्दा गैर उत्पादक कार्यमा प्रयोग भएको देखिन्छ। नयाँ नीति र विधिको बिकास गर्दै गर्दा नयाँ प्रविधिको प्रयोग समेतलाई प्राथामिकता दिनै पर्दछ । त्यसैले अाम नागरिकहरुमा सुचना प्रविधि तर्फको रुचि र ज्ञान अभिबृद्धी गराएमा प्रविधिको प्रयोगबाट लाभान्वित भै राष्ट्रिय उत्पादकत्वमै थप टेवा पुग्ने अाशा समेत राखेका छौं। हाम्रो यस प्रयासबाट राष्ट्र र समाजमा नकारात्मक प्रभाव नपर्ने विश्वासकासाथ यो विधिको विकास गर्ने प्रयत्न गरेका छौं, कदाचित कतै कुनै भुल भएमा विधिको अन्वेषणका बखत हुन गएको भनि क्षमा एवं सुझव सहित सचेत गराउनुहोला। 

       हामीबाट ब्यक्तिगत रुपमा कसैबाट प्रस्तावित बिषय वस्तु , प्रसंग वा मुल्यलाई कुनै थप घट गर्ने गराउने कारोबारीको रुपमा मध्यस्तता नगरीकन जनस्तरबाट प्राप्त सुचना, संदेश एवं  प्रस्तावका सामग्रिहरुलाई  जनस्तरमै सहजरूपमा दुरुस्त पुग्न सक्ने बनाउने यस प्रयासलाई सबै पक्षबाट सुझाव, सहयोग र समर्थन प्राप्त हुनेछ भन्ने अाशा लिएका छौं। 
                                                                                                                                                                                                                                        
धन्यवाद!